मनीषाको डिभोर्स ?

नयाँदिल्ली , श्रावण १४ - 'आमा बन्न एकदम मन छ तर थाहा छैन, आफैंले सन्तान जन्माउँछु वा धर्मसन्तान पाल्छु,' महिना दिनअघि नायिका मनीषा कोइरालाले भारतीय सिने म्यागजिन 'फिल्म फेयर' सँगको कुराकानीमा भनेकी थिइन् । दुई वर्षअघि नेपाली व्यवसायी सम्राट दाहालसँग लगनगाँठो कसेकी मनीषा त्यसपछि बारम्बार समाचारमा छाइरहिन्, आफूभन्दा ६ वर्ष कान्छा पतिसँगको खटपटको हल्लाले ।
यतिबेला फेरि भारतीय सञ्चारमाध्यमले मनीषाको डिभोर्सको समाचार प्राथमिकताका साथ प्रसारण गरेका छन् । 'अमर उजाला' ले विवाहबाट बेखुस मनीषाले पतिसँग डिभोर्स गरेको उल्लेख गरेको छ ।
उक्त सञ्चारमाध्यमले मनीषा निकट सूत्रको हवाला दिँदै भनेको छ- 'मनीषा यतिबेला मुम्बईमा छिन् तर पनि उनलाई सम्बन्धविच्छेद गर्दाको अलिकति पनि दुःख छैन ।' अमर उजालाले दाबी गर्दै भनेको छ, 'उनीहरूले एक हप्ताअघि नै अलग हुने निर्णय गरेका थिए ।
निर्णय लिन मनीषा नेपाल घर पुगेकी थिइन् ।'
सम्राटसँग काठमाडौंमै शाही रबाफमा विवाह गरेकी मनीषाले आफ्ना केही बलिउड साथीभाइलाई समेत निम्त्याएकी थिइन् । तर विवाहको हनिमुन पिरियडलगत्तै सञ्चारमाध्यममा छाएका दुईको नकारात्मक समाचारले उनी तनावमा थिइन् । विवाहपछि बलिउड छोडेर गुपचुप बसेकी उनी पुनः बलिउडमा फर्किएकी छन् । आफ्ना फिल्ममा गरेको मनीषाको अभिनयबाट खुसी हुँदै रामगोपाल बर्माले उनको कमब्याकलाई सफलतासँग जोडेका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out