‘बढि देखाएको’ भन्दै सन्नीको फिल्ममाथि सेन्सरको कैँची

पोर्नस्टार सन्नी लियोनको पहिलो बलिउड फिल्म ‘जिस्म-टू’ को चर्चा परिचर्चा चुलिँदै गर्दा बलिउडप्रेमीहरुमा यो फिल्म हेर्ने चाहना बढिरहेको छ ।
यसको रिलिज डेट नजिकिँदै गर्दा दर्शकको ढुकढुकी झनै चढिरहेको छ ।
फिल्मको ट्रेलर तथा सार्वजनिक भएका निकै नै कामुक दृश्यहरुका कारण यो फिल्म आम तन्नेरी दर्शकहरुको रोजाइमा पर्नसक्ने पक्का छ ।
तरपनि जिस्म टू माथि भारतीय सेन्सर बोर्डको आँखा लागेपछि दर्शकले अहिले भनिएका तथा देखाइएका सबै दृश्यहरु फिल्ममा देख्न नपाउने पक्का भएको छ ।
सेन्सर बोर्डले जिस्म टू का विभिन्न अन्तरंग दृश्यहरुमाथि कैँची चलाएको छ ।
यो फिल्मलाई जस्ताको तस्तै एडल्ट सर्टिफिकेट पनि दिन आनाकानी गर्दै सेन्सर बोर्डले विभिन्न इन्टिमेट सिन्समध्ये ५० प्रतिशत कटौती गर्न निर्देशन दिएको छ ।
सेन्सरबोर्डका एक अधिकारीले यो फिल्ममा रहेका केही बोल्ड सिन्सलाई हटाएपछि मात्र उक्त फिल्मलाई ए सर्टिफिकेट दिइने बताए ।
यो फिल्ममा बढि अंगप्रदर्शन भएको र केही दृश्यहरु अति नै यौनउत्तेजनात्मक तथा झण्डै अश्लील भएको सेन्सर बोर्डको ठहर छ ।
यो फिल्ममा रहेका ४ वटा विशेष अन्तरंग दृश्यहरु आपत्तिजनक छन् । जसमध्ये एकमा सन्नी लियोन र रणदीप हुड्डाको निकै लामो तथा उत्तेजक बेडरुम तथा मसाज सिन छ ।
सेन्सर बोर्डले आफ्नो फिल्मलाई पास नगरेर कैँची चलाएकोमा पुजा भट्टले अलिअलि असन्तुष्टि जनाएपनि आफुले सेन्सर बोर्डको निर्देशन अनुसार केही सिन्स कटौती गरेर फेरी बोर्डसामु पारित गर्न लैजाने र दर्शकसामु पस्किने बताइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out