पोर्न साइटका लागि जाडो मौसम अब्बल

मान्छेले कुन मौसममा बढि पोर्न सामाग्री हेर्छ होला ? पोर्न सामाग्री हेर्दै नहेरेकाको त के कुरा भयो र ? तर यस्ता सामाग्री हेर्नेहरुको हकमा भने जाडो मौसम सबैभन्दा बढि व्यस्त समय भएको पाइएको छ ।
अमेरिकामा गरिएको एक अध्ययनले मानिसहरुले जाडो याममा बढि अश्लिल सामाग्रीहरु हेर्ने गरेको पाइएको छ । बढि पोर्न सामाग्र्रीहरु अनलाइनमा खोजेर हेरिने मौसमका रुपमा जाडो यामसँगै गर्मी यामको सुरुवाती बेला पनि उत्तिकै रोजाइमा पर्ने गरेको छ ।
पेन्सिल्भेनियाको भिलानोभा विश्वविद्यालयका शोधकर्ताहरुले पछिल्लो पाँच वर्षसम्म अनलाइनमा खोजिएका सामाग्रीहरुमा गरेको अध्ययनले जाडो मौसम तथा गर्मी यामको सुरुवाती बेला यौन सामाग्री अनलाइनमा सबैभन्दा बढि हेरिने मौसमका रुपमा रहेका छन् । शोधकर्ताहरुले पछिल्लो पाँच वर्षसम्म अनलाइनमा खोजी गरिएका विभिन्न अश्लील तस्वीर तथा भिडियोहरुको दरलाई विश्लेषण गरेका थिए ।
हरेक ६ महिनाको चक्रमा त्यस्ता तथ्यांकहरुलाई राखेर विश्लेषण गर्दा जाडो याम तथा गर्मी याम सुरु हुनै लाग्ोको बेला मान्छेले इन्टरनेटमा बढि यौन सम्बन्धी कुराहरु हेर्ने गरेको देखियो । यस्तो मौसममा वेश्यावृत्तिका लागि अनलाइन मार्फत सबैभन्दा बढि चाहना समेत व्यक्त हुने गरेको छ । विभिन्न डेटिङ साइटहरुमा समेत जाडो याममा प्रयोगकर्ताको संख्या निकै ठूलो हुने गरेको देखिएको छ ।
वास्तवमा जाडो याम तथा गर्मीको सुरुवात तिर अश्लील सामाग्री हेर्ने दर बढ्नुमा मान्छेको जैविक यौन प्रक्रिया वा सक्रियता मुख्य कारण रहेको बताइन्छ । मानिस जाडो याम तथा गर्मी यामको सुरुवाती दिनहरुमा यौनिक रुपमा बढि सक्रिय हुने भएकाले आफ्नो यौनेक्षा पूर्ति गर्न बढि अश्लिल साइटहरु हेर्ने तथा अश्लील दृश्य तथा भिडियोहरुमा क्लिक गर्ने गर्छ । साथै उक्त मौसममा धेरैजसो पश्चिमा मुलुकहरुमा धेरै विदाको समय पर्ने भएकाले पनि मानिसहरुले फुर्सदको समयमा रमाइलो गर्न अश्लिल सामाग्रीहरु खोजीखोजी हेर्ने गरेका बताइएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out