'विकिनी लगाउन तयार छु' : विनिता

‘चपली हाइट’मा हट हट सिन दिएर हट एण्ड सेक्सी भनिने नायिका रेखा थापाको समेत आङ जिरिङ्ग बनाएकी विनिता बरालले आफु बिकिनी लगाउन तयार भएको बताएकि छिन । सो कुरा उनले मेरो सिनेमासँगको कुराकानीमा खोलेकी हुन । विनिताका अनुसार बिग व्यानरको सिनेमामा कथाले मागेमा आफु विना हिचकिचाहट विकिनी लगाउन तयार हुने बताइन ।
किन तयार हुन भयो त भन्ने मेरो सिनेमाको अर्को प्रश्नमा उनले करिना कपुरले विकिनी लगाएको उदाहरण दिदै ईन्टरनेशनल लेभलमा नेपाली सिनेमालाई लैजानका लागि आफु सो कार्य गर्न तयार हुने स्पष्ट पारिन् ।
विनिताका अनुसार आफू बलिउड सिनेमा ‘धुम’ का नायिकाले लगाए जस्तै विकिनी लगाउन पनि तयार रहेको भनिन । तर यसो भन्दैमा उनी पैसाकै लागि भने विकिनी नलगाउने पनि स्पष्ट पारिन । आफुले लगाउने विकिनी देखाउन कै लागी नभइ कथाको माग अनुसार हुने बताइन् ।
कथाले त धेरै थरी माग्छ नी भन्ने अर्को प्रश्नमा विनिताले नेपालमा कथाले माग्ने भन्दा पनि मगाउने चलन धेरै छ, जसलाई आफूले कुनै पनि हालतमा स्वीकार नगर्ने बताइन् । सिनेमामा आफुले दिने र गर्ने कुराहरु क्यारेक्टरको माग अनुसार हुने हुँदा नाइ नास्ती गर्नु समग्रमा बन्ने सिनेमाकै लागि अहितकर हुने उनको तर्क थियो ।
विनिता बरालले यो आँट कसेको अवस्थामा कुन चाँहि डिरेक्टर उनलाई  पहिला विकिनीमा सजाउन तयार हुने हुन् त्यो चाँहि पछि थाहा भइहाल्छ नै । उनको यो बोल्ड स्टेटमेन्टले सिनेमाका नायिकाहरुलाई केही धक्का भने अवश्य नै दिनेछ । ‘चपली हाइट’ मा क्यारेक्टर अनुसार वोल्ड सिन दिएकी विनिताको आगामी सिनेमा ‘फुलस्टप’मा कथा अनुसार के के दिएकी छिन भन्ने कौतुहलता धेरैको मनमा रहेको छ । यो कौतुहलता विनिताको विकिनी लगाउन तयार भएको भनाइले झन धेरै बढाउने देखिन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out