फेरि डिभोर्सकै स्क्यान्डल

कुनै बेला मनीषा कोइरालाको अभिनयको प्रशंसा गरेर नथाक्ने सञ्चारमाध्यमले दुई वर्षयता उनको विवाह र डिभोर्सका समाचारलाई  प्राथमिकता दिन थालेका छन्। दुई वर्षअघि युवा व्यवसायी सम्राट दाहालसँग विवाह हुने पक्का भएपछि उनको विवाहको समाचार  प्राथमिकतामा परेको थियो भने विवाहको ६ महिनादेखि नै उनीहरूबीच खटपट प्रारम्भ भएको खबर आउन थालेका थिए। एक वर्षयता भने मनीषाको डिभोर्स हुन लागेको समाचार भारत-नेपाल दुवैतिर प्राथमिकतामा पर्न थालेका छन्।

एक साताअघि भारतीय दैनिक अमर उजालामा मनीषाले आफ्नो विवाह कानुनी रूपमै टुङ्ग्याएको खबर प्रकाशित भएयता अन्य भारतीय  सञ्चारमाध्यमले पनि त्यसलाई पच्छ्याउन थालेका छन्। नेपालमा विवाह गरेकी मनीषाको कानुनी रूपमै विवाह टुङ्ग्याउन नेपाली कानुन  व्यवसायीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्छ। यद्यपि यस्तो मुद्दा जिल्ला अदालतमा अहिलेसम्म दर्ता नभएको त्यहाँ कार्यरत  कर्मचारीहरूले बताएका छन्। चर्चित सेलेब्रेटी भएका नाताले अदालतमार्फत आउनुपर्ने खबर भारतीय सञ्चारमाध्यमबाट आउनुको रहस्य  आफूहरूले नबुझेको मनीषाका आफन्तहरूले बताएका छन्।

तीन साताअघि मनीषालाई ज्वरो आएपछि छोरीको स्याहारका लागि उनकी आमा सुष्मा कोइराला मुम्बई पुगेकी थिइन्। पारिवारिक स्रोतका  अनुसार आमा मुम्बई पुगेको केही दिनभित्रै पारिवारिक स्रोतको हवाला दिँदै केही भारतीय सञ्चारमाध्यममा मनीषाले डिभोर्स गरिसकेको  समाचार प्रकाशित-प्रसारित भएका थिए। सम्राटका आफन्तहरूले आफ्नो तर्फबाट भारतीय सञ्चारमाध्यमलाई कुनै कुरा नबताएको दाबी  गरेका छन्। 'आधिकारिक रूपमा डिभोर्स भएको हामीलाई थाहा छैन, सञ्चारमाध्यममा आएका कुरालाई हामी अचम्मका साथ हेरिरहेका छौं।  सम्राटसँग नजिक एक स्रोतले साप्ताहिकसँग भन्यो, 'सेलिब्रेटी भएका कारण यस्ता समाचार आइरहन्छन्।'

आफैंले मन पराएर विवाह गरेकी मनीषा विवाहताका निकै खुसी थिइन्। उनीहरूको जोडी सार्वजनिक कार्यक्रमहरूमा पनि देखिन्थ्यो। केही  महिनाको सुमधुर सम्बन्धपछि मनीषा नेपालमै बस्ने सोच बनाउन थालेकी थिइन्। त्यही बेला आफ्नो फ्ल्याट बेच्न मनीषा मुम्बई पुगेपछि  भारतीय सञ्चारमाध्यमबाट अचानक डिभोर्सका समाचार आउन थालेको पारिवारिक स्रोतहरूले बताएका छन्। 'सत्य कुरा के हो, हामीलाई  थाहा छैन। हामीले पनि पत्रपत्रिका पढेर थाहा पाउने हो।' मनीषाको पारिवारिक स्रोतले भन्यो, 'मनीषा डिभोर्सको हल्लाका विषयमा कुनै कुरा  गर्न चाहन्नन्। हामीले पनि कोट्याइरहने कुरा आउँदैन।'

'अहिले भने बलिउडमा उनको सम्बन्ध सबैसँग राम्रो छ। उनी बलिउडमा फेरि जम्ने सम्भावना प्रवल छ।' पारिवारिक स्रोतले भन्यो, 'अहिलेको  हल्ला उनको प्रदर्शन हुन लागेको चलचित्र 'भूँ'को प्रचारका लागि पनि हुन सक्छ।' परिवारभित्रबाट आएको यो भनाइबाट पनि अहिले भारतीय  सञ्चारमाध्यममार्फत आइरहेका डिभोर्सका समाचार चलचित्र चलाउने स्क्यान्डल हुन सक्ने अनुमान गर्न सकिन्छ। हालसम्म ३५ वटा हिन्दी  चलचित्रमा अभिनय गरिसकेकी मनीषाले 'भूँ..' बाहेक दुईवटा चलचित्रमा काम गर्ने पक्का भैसकेको छ। भूतका विषयमा बनेको उक्त  चलचित्रमा मनीषाको अभियन हेर्न छुटाउनै नमिल्ने प्रतिक्रिया निर्देशक भट्टले दिएका छन्।

सञ्चारमाध्यममा डिभोर्ससम्बन्धी समाचारबाट सम्राट दाहाल पनि दुःखी भएको उनको व्यवहारले देखाएको छ। साप्ताहिकले सम्राटलाई पटक -पटक सम्पर्क गर्ने प्रयास गरेको थियो। सबै प्रयासमा उनले आफूले केही नबोल्ने बताएर टारेका थिए। अन्त्यमा साप्ताहिकलाई लेखेको मो बाइल सन्देशमा सम्राटले भनेका छन्, 'यो (डिभोर्सका विषयमा आएका समाचार) कुरा मसँग भन्दा पनि उनी (मनीषा) सँग सोध्नु उचित  हुन्छ।'

केही समयअघि मनीषाले आफूलाई आमा बन्ने रहर लागेको अन्तरवार्ता दिएकी थिइन्। यद्यपि उक्त अन्तर्वार्तामा सन्तान आफूले जन्माउने  भन्दा पनि धर्मपुत्र पाल्ने इच्छालाई महत्व दिइएको थियो। फेसबुक तथा ट्वीरजस्ता सामाजिक सञ्जालमा उनका टिप्पणीहरूबाट उनी  विवाहबाट खुसी छैनन् भन्ने कुरा प्रस्ट हुन्छ। उनले विवाह असफल भएका समाचार प्रकाशित हुन थालेपछि चेन्नाईको वाननेेस  विश्वविद्यालयमा ध्यान र योगको कक्षा लिएकी थिइन् भने त्यसअघि शिवपुरीस्थित विपश्यना ध्यान केन्द्रमा १० दिने ध्यान गरेकी थिइन्।  अहिले उनको वैवाहिक सम्बन्ध अनौपचारिक रूपमा टुङ्गिसकेको देखिन्छ। यद्यपि कानुनी रूपमा भने मनीषाले अझै पनि विवाहित लेख्नुपर्ने  बाध्यता छ। साप्ताहिकले यसअघिको एक समाचारमा मनीषा तत्काल डिभोर्स पनि नदिने र सँगै पनि नबस्ने मनस्थितिमा भएको समाचार  प्रकाशित गरेको थियो। यद्यपि जानकारहरू भन्छन्- 'मुम्बई गएकी मनीषाकी आमाले नेपाली वकिलमार्फत कागजहरू बनाएर नेपालमा डिभोर्स  पेपर फायल गर्ने सम्भावना पनि उत्तिकै छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out