एकान्त गल्लीमा जवान मुटु

शिशिर वैद्य- यौवन चढ्न थालेपछि केटा र केटीबीच आकर्षण बढ्न थाल्छ। कोही यौवनले चाँडै मातिन्छन्, कोही अलि ढिलो। यस्तै मात चढेकाहरूमा पलाउन थाल्छ, प्रेमका पालुवा। हाम्रो समाज जतिसुकै परिवर्तित र विकसित भए पनि प्रेमलाई हेर्ने दृष्टिकोण अझै पनि संकुचित र परम्परावादी नै रहेको छ। त्यसैले त प्रेम गर्नेहरूले अझै पनि लुकी-लुकी भेट्नुपर्ने बाध्यता छ। यस्तै भेटका लागि प्रेमीहरू एकान्त ठाउँ रोज्ने गर्छन्। काठमाडौँ, रक्तकालीपछिल्तिरको गल्ली नवप्रेमीका लागि प्रचलित रहेको छ। यहाँ दुईचार जोडी रोमान्टिक मुडमा लिप्त भइबसेको नभेटिने दिनै हुँदैन। रक्तकाली वरपरका स्कुल पढ्दै गरेका ठिटाठिटीहरूको प्रिय यस स्थानलाई स्थानीयवासीले नामै राखिसकेकाछन्, 'प्रेम गल्ली'।
काठमाडौँमा रेस्टुरेन्ट कल्चर बढेको छ। तर, महँगा रेस्टुरेन्ट एफोर्ड गर्न नसक्नेका लागि यी एकान्त र खासै मान्छेहरू नहिँड्ने गल्ली मायाप्रीति गाँस्नेका लागि प्रिय हुनु स्वाभाविकै हो। यी गल्लीमा जोडीहरू एकअर्काका हात समाई 'जनम जनम साथै बिताउने' सपना बुन्न व्यस्त हुन्छन्। चढ्दो यौवनको आगोमा मायालुको स्पर्शले झनै घ्यु थप्ने काम गर्छ। मौका छोपेर म्वाइँ खान भ्याइहाल्न आतुर प्रेमीप्रेमिकाका लागि यस्ता गल्लीको एकान्तले साथ दिइरहेको हुन्छ।
हाम्रा भूतपूर्व नगरपिता केशव स्थापित र हाल काठमाडौँ प्राधिकरणका कार्यकारीले काठमाडौँमा लभ स्पटको निकै टड्कारो अभाव देखेका छन्। स्थापितले नवयुवाका भावनालाई राम्ररी बुझेर नै लभ पार्कको योजनाको कुरा उठाएका हुन्। मेयर हुँदा पूरा गर्न नसकेको युवायुवतीका आवश्यकतालाई काठमाडौँ प्राधिकरणको कार्यकारी हुनेबित्तिकै उनले आफ्नो प्राथमिकतामा पारेका हुन्। काठमाडौँ बढेर उत्तरमा टोखा र दक्षिणमा धापाखेल पुगिसक्दा पनि प्रेम गर्न अति आवश्यक पार्क भने बन्न सकेको छैन। त्यसो त काठमाडौँमा पार्क हुँदै नभएका होइनन्। तर, ती पार्क कतै हकरहरूले कब्जा गरेका छन् भने कतै विभिन्न समूहले गर्ने कार्यक्रमले सधैं भीड लाग्ने गर्छ।
एकान्तको खोजीमा मायालुहरू ककनी, त्रिभुवन पार्क, बुढानीलकण्ठ, नगरकोट, टौदह, ओशोवन, दक्षिणकाली, नागदह, धुलिखेल, बालाजु पार्कजस्ता अनेक गन्तव्यमा पुग्ने गर्छन्। यस्ता स्थानमा युवा जोडीहरूको प्रेम मिलनको लुकेर मजा लिनेहरू पनि थुप्रै हुन्छन्। कहिलेकाहीँ आक्रामक हुने ती तत्वहरूप्रति चनाखो रहनु भ्यालेन्टाइन कपलका लागि आवश्यक रहन्छ। त्यसैले पनि काठमाडौँमा पार्कको आवश्यकता टड्कारो छ।
केशव स्थापितले बुझेजस्तै प्रेमीप्रेमिका मुख छोपेर डराई-डराई घुम्नुपर्ने बाध्यताबाट मुक्त हुन पनि उपत्यकामा पार्कको आवश्यकता बढ्दै गएको छ। समाजलाई अघि बढाउने हो भने समाज खुल्नुपर्छ। समाज जति खुम्चिन्छ, त्यति नै विकृति बढ्छन्। मुड्खु, ओशोवन, धुलिखेल र नगरकोटका बाटाहरूमा भेटिने कटेज होटलहरूले प्रेम मिलनलाई उत्सर्गसम्म पुग्न र तृप्ति प्राप्तिमा साथ दिए पनि यी स्थान सुरक्षित छैनन्। यहाँ प्रेम मिलनभन्दा देह व्यापारको विकृति र विसंगति बढ्दो रहेकोले यस्ता स्थानहरूमा स्वच्छ प्रेम गर्नेहरू जानु उपयुक्त देखिँदैन। प्रेमीहरूको आकांक्षा पुरा हुन स्थापितका कल्पनाले छिट्टै आकार पाउनुपर्छ। बक अप केशव दाइ, बक अप!

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out