प्रेममा मस्तिष्कले काम गर्दैन

प्रेममा परेकाहरूमा तर्क गर्ने क्षमता समाप्त हुन्छ । अर्थात्, प्रेममा डुब्दा मस्तिष्कले काम गर्दैन । अक्सफोर्ड विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार, मायापिरतीले मानिसलाई अन्धो मात्र हैन मूर्ख समेत बनाउँछ ।

अर्थात्, प्रेमको अनुभूति हुनासाथ मस्तिष्कमा तर्क उत्पन्न गर्ने खण्डले काम गर्न छोड्छ । यो स्थितिले व्यक्ति विशेषलाई विवेकशून्य बनाउँछ । यो अनुसन्धान राबिन डनवरले बेलायतका व्यक्तिहरूमाथि गरेका हुन् । यसमा सहभागीहरूको मस्तिष्कको गतिविधि 'एमआरआई' को माध्यमले परीक्षण गरियो । सहभागीहरूलाई आआफ्नो साथीको फोटो समेत देखाइयो । यसमा के पाइयो भने साथीको फोटो देख्नासाथ सहभागीहरूको मस्तिष्कमा भएको तर्क गर्ने खण्ड धेरै प्रभावित भयो र उनीहरूको सोच्ने, सम्झने शक्ति कमजोर हुन थाल्यो ।

अध्ययनबाट के निष्कर्ष निकालियो भने, प्रेम हुनासाथ व्यक्तिको मस्तिष्कमाथि मुटुले शासन गर्न थाल्छ । यस्तोमा प्रेमी हृदयहरू कुनै पनि निर्णय भावनामा बगेर गर्न थाल्छन् । अनुसन्धान अनुसार, मुटुको मामिलामा मस्तिष्कको उपयोग गर्न थाल्दा स्वस्थ र राम्रो सम्बन्ध बन्न सक्दैन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out