प्रेममा घातक अंकुश

खेम गैरे- पाल्पाका अर्जुनको परिवारले उनको बिहे बुटवलकी संगीतासँग तय गर्‍यो र टीकाटालो सम्पन्न भयो। त्यसको एक हप्तापछि धुमधामसँग बिहे पनि भयो उनीहरूको। उता केटी पक्षका परिवार पनि खुसी नै थिए। बिहे गरेर श्रीमती भिœयाएको भोलिपल्ट अर्जुनको परिवारले सम्पूर्ण गाउँलेलाई भोज पनि खुवाए।
प्रीतिभोजको तीन दिनपछि अर्जुन र संगीताको नवविवाहित जोडी बुटवल (संगीताको माइती) तर्फ हानिए। बुटवल बसपार्क झेरपछि अर्जुनकै एकाएक संगीता बेपत्ता भइन्। 'एउटा समान किनेर आइहाल्छु ...' भनेकी संगीता एक-दुई घण्टासम्मै नफर्केपछि अर्जुनले संगीताको माइतीमा खबर गरे। त्यसपछि जताततै हल्ला फैलियो तर उनी भेटिइनन्। पछि बल्ल वास्तविकता थाहा पाए अर्जुनले- संगीताको अर्कै केटासँग प्रेम रहेछ। संगीताको प्रेमलाई उनको परिवार कुनै पनि हालतमा स्वीकार गर्न तयार थिएन। आखिर त्यसको नराम्रो शिकार बन्न पुगे अर्जुन। उनले जीवनमा कहिल्यै यस्तो घटना घट्ला भनेर सोचेका थिएनन्। आखिर दोषी को? संगीता, उनको परिवार वा समाज?
यो त एउटा उदाहरणमात्रै हो। प्रेमका नाउँमा यहाँ जघन्य अपराधसम्म हुने गरेका छन्। हाम्रो समाजले अझै पनि प्रेम विवाहलाई खुलेर समर्थन गर्न सकिरहेको छैन। अझ त्यसमाथि पनि प्रमुख तगारोको रूपमा देखा पर्ने गर्छ- जातको कुरा। कानुनी रूपमा जातीय भेदभाव उन्मूलन भइसकेको भए पनि व्यावहारिक रूपमा यसको अन्त्य हुन सकेको देखिँदैन। अन्तरजातीय प्रेम वा विवाहलाई नेपाली समाजले अत्यन्तै घृणाको दृष्टिले हेर्ने गर्छ। यसले कयौँ प्रेमी-प्रेमिकालाई आत्महत्याको बाटो समात्नसमेत बाध्य पारेका समाचार बेलाबखत आइरहन्छन्।
२१औँ शताब्दीले एक दशक पार गरिसकेको यो आधुनिक दुनियाँमा पनि प्रेममाथि यति धेरै अंकुश लगाइनु किमार्थ राम्रो होइन। जबसम्म हाम्रो समाज प्रेमप्रति उदार धारणा बनाउन सक्दैन, तबसम्म वास्तविक अर्थमा समाज परिवर्तन हुनै सक्दैन।
समाज वा देश हाँक्ने भनेका त्यही समाजभित्रका मानिसहरूले नै हो। तिनै मानिस स्वयं खुसी छैनन् र समाजप्रति नकारात्मक भावना पालेर बस्न विवश छन् भने उनीहरूले कसरी सामाजिक योगदान गर्न सक्लान्? विकास र परिवर्तनका लागि यो समाजले केही रुढीवादी सोच, संस्कृति र संकुचित विचारधारालाई त्याग्नैपर्छ। समाजमा प्रचलित कतिपय मान्यता समाज परिवर्तनका बाधकका रूपमा रहेका छन्। ठूल्ठूला धर्मग्रन्थदेखि विभिन्न विद्वानहरूबाट लेखिएका पुस्तकहरूमा पनि 'प्रेम नै सामाजिक मेलमिलाप र प्रगतिको सबैभन्दा राम्रो उपाय हो ...' भनेर चर्चा गरिएको हुन्छ। तर, किन मानिसले यो सत्यप्रति आँखा चिम्लिएर निकृष्ट व्यवहार प्रदर्शन गरेका छन्।
प्रेम विवाह गरेका सयौँ जोडी समाजबाट विस्थापित भएर बस्न बाध्य छन्। उनीहरूले आफ्नो प्रेम जोगाउन अपहेलना र घृणाको सहन गर्नुपरेको छ। समाजबाट मात्रै होइन, आफ्नै परिवारका सदस्य र आफन्तीहरूबाट समेत असल र मानवीय व्यवहार पाउन सकेका हुँदैनन् उनीहरूले। वास्तवमा भन्ने हो भने उनीहरू असुरक्षित जीवन व्यतीत गर्न बाध्य हुन्छन्। यसले अन्ततः उनीहरूको वृत्ति विकासमै गम्भीर असर पर्ने संभावना रहन्छ। एउटी नारी जसले तल्लो जातको केटासँग विवाह गरेको निहुँमा जीवनभर माइतीबाट अलग हुनुपर्ने तथा एउटा पुरुष जसले फरक जातकी केटीसँग विवाह गरेको बहानामा परिबारबाटै निष्कासित हुनुपर्ने! योभन्दा विडम्बनाको विषय अरू के हुन सक्ला? कयौँ नारीले त आफ्ना इच्छा र चाहनाविपरीत जबर्जस्ती अर्काको घरबार सम्हालेर बसिरहेका छन्। उनीहरूका भावना र विचारमाथि सम्पूर्ण समाजले प्रतिबन्ध लगाइदिएको छ। यो समाज नारीको प्रेममाथि झनै बढी शंकालु छ। परिवार तथा समाजको डरले गर्दा नारीहरूले आफ्नो प्रेम र भावनालाई त्यसै दबाएर राख्ने गर्छन्। अन्ततः यसबाट नकारात्मक परिणाम विष्फोट हुन्छन्।
सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनमा समेत यस्ता विषयले प्रत्यक्ष/परोक्ष प्रभाव पारेका हुन्छन्। सामाजिक अल्झनमै रुमलिएर बसेको राष्ट्रमा विकास र परिवर्तनका काम सहज गतिले अघि बढ्न सक्दैनन्। समाजमा झै-झगडा निम्त्याउने र तनावको वातावरण सिर्जना गर्ने प्रमुख कारकमध्ये प्रेम पनि एक हो। प्रेमसँग सम्बन्धित स-साना विषयले राजनीतिक तहसम्मै असर पारेका उदाहरण हाम्रै समाजमा प्रशस्त छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out