२०१२ मा सबैलाई लज्जित तुल्याउने घटना

गुडिरहेको बसमा बलात्कार
भारतको राजधानी दिल्लीमा गुडिरहेको बसभित्र एक छात्रामाथि सामूहिक बलात्कार भयो। वर्षको अन्त्यमा भएको उक्त घटनाले सडकदेखि  संसद्सम्म ठूलै हंगामा मच्चायो। बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गर्दै सर्वसाधारण सडकमा उत्रिए। भारतीय संसद्को दुवै  सदनमा घटनाको आलोचना भयो। माथिल्लो सदन राज्यसभा त हंगामाका कारण १५ मिनेट बैठक नै स्थगित गर्नुपर्‍यो। बलिउड हस्तीहरूले  घटनाको निन्दा गर्दै दोषीलाई 'नपुंसक' बनाउनुपर्ने माग राखे। घटना दक्षिणी दिल्लीको हो। मेडिकलकी ती छात्रा आफ्ना प्रेमीसँग स्थानीय  हलमा चलचित्र हेरेर निस्किएपछि एउटा बसमा सवार थिइन्। त्यही क्रममा बसमा रहेका चार जना पुरुषबाट उनी सामूहिक बलात्कारको  सिकार भइन्। मुनरिका भन्ने स्थानबाट द्वारका गैरहेकी उनलाई हुइँकिइरहेको बसभित्र सामूहिक बलात्कार गरेर बाहिर हुत्याइएको थियो।

सिडी बनाउने भन्दै बलात्कार
गत जूनमा भारतकै विहार राज्यमा एउटा घटनाले सनसनी मच्यायो। त्यो एक छात्रालाई सामूहिक बलात्कार गरेर 'सिडी बनाउने' भन्दै  ब्ल्याकमेल गरेको घटना थियो। आफ्नै ब्वाइफ्रेन्डले ती छात्रालाई अत्याधुनिक घरमा लगेर यौनसम्पर्क गरे। त्यतिबेला उक्त घरमा ब्वाइफ्रेन्डका  तीन जना साथी पनि थिए। ती साथीहरूले पूर्व नियोजित ढंगले मोबाइलमा यौन क्रियाकलापको दृश्य रेकर्ड गरिरहेका थिए। त्यसपछि रेकर्ड  गरिएको उक्त दृश्यको 'सिडी बनाउने' धम्की दिँदै सबैले छात्राबाट यौन प्यास मेटाए।

यो क्रम निरन्तर रहेपछि आजित युवती कानुनको शरणमा पुगिन्। यद्यपि बलात्कारमा संलग्न एक युवा स्थानीय प्रभावशाली नेताको छोरा  भएकाले कानुनी कारबाही त्यति सशक्त भएन। यतिबेलासम्म उक्त सेक्स क्लिप एमएमएसमार्फत सहरभरि फैलिइसकेको थियो। स्थानीय एक  टेलिभिजन च्यानलले पत्रकार आचारसंहिताअनुरूप उक्त क्लिप धमिलो बनाएर लगातार प्रसारण गरेपछि यो विषय ठूलो मुद्दा बन्यो।

श्रीमतीको कौमार्य भंग भएपछि
प्रसंग पूर्वी युरोपेली मुलुक जर्जियाको हो। एक १६ वर्षीया युवती विवाहको रात नै प्रहरी खोरमा थुनिनुपर्‍यो। कारण थियो, विवाहअघि कौमार्य  भंग हुनु। विवाहअघि नै बेहुलीको कौमार्य भंग भएको थाहा पाएपछि बेहुलाका परिवारजनले उनलाई बलजफ्ती थुनामा लगेका थिए।  सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएको यो विषयले त्यहाँ रुढिवादी र पश्चिमी सभ्यता अपनाउनेहरूबीच गम्भीर बहस सिर्जना गर्‍यो। जजिर् याको रुढिवादी समाजमा महिलासँग विभेदपूर्ण व्यवहार गरिन्छ। विवाहको बेला कुमारी हुनुपर्ने मान्यताले त्यहाँ गहिरो जरा गाडेको छ।

बौद्ध भिक्षुको कर्तुत
बेलायतका एक प्रमुख वौद्ध भिक्षुले गरेको यौन दुव्र्यवहार पनि यो वर्ष चर्चाको विषय बन्यो। पहलगाम सोमारत्ना नामक उक्त भिक्षुले सन् १ ९७० र ८० को दशकमा थुप्रै बालबालिकामाथि यौन दुव्र्यवहार गरेको खुलासा भएको थियो। सोमरत्ना ४ देखि १६ वर्ष उमेर समूहका  बालबालिका सहभागी हुने साप्ताहिक कक्षामा जान्थे। कक्षा सिध्याएपछि बालिकालाई घरमा ल्याएर काखमा राखी यौन दुव्र्यवहार गर्ने गरेको  उनीमाथि आरोप छ। ती भिक्षुलाई पश्चिम लन्डनस्थित आइसेलवर्थ क्राउन कोर्टले बलात्कार र अश्लील गतिविधिमा संलग्न भएकोमा दोषी  ठहर गर्‍यो। सोमरत्ना श्रीलंकाका थुप्रै शक्तिशाली नेताका निकटस्थ मानिन्छन्।

उदांगिइन् कामुक शिक्षिका
अमेरिकाको पेन्सिलभनियास्थित एउटा हाई स्कुलकी शिक्षिकाले आफ्नै विद्यार्थीसँग पटक-पटक यौन सम्पर्क गरेको घटना सार्वजनिक भएपछि  सनसनी फैलियो। ती शिक्षिकाले १७ वर्षीय छात्रसँग धेरैपटक अनैतिक सम्बन्ध राखेको सार्वजनिक भएपछि उनलाई प्रहरीले पक्राउ गर्‍यो।  उनले ती छात्रसँग कहिले आफ्नै कारमा त कहिले होटलहरूमा यौन सम्पर्क राख्दै आएकी थिइन्। २५ वर्षीया शिक्षिका रचेल फ्यारेले विवाह  गरेको दुई महिनापछि नै ती विद्यार्थीसँग कथित यौन सम्बन्ध राख्न थालेकी थिइन्। उनीमाथि एक नाबालिगलाई भ्रष्ट बनाएको आरोपमा  कारबाही गरिएको छ। शिक्षिका रसेलले तीन अन्य छात्रसँग पनि यौनसम्बन्ध कायम गरेको अनुसन्धानका क्रममा खुलेको थियो।

बालकसँग दुव्र्यवहारका ४५ आरोप
एक फुटबल सहायक प्रशिक्षकले बालकसँग अप्राकृतिक यौन दुव्र्यवहार गरेको प्रसंगले ठूलै स्क्यान्डलको रूप लियो। घटना अमेरिकाको एक  कलेजको हो। उक्त कलेजका सहायक फुटबल प्रशिक्षक ६८ वर्षीय सान्डुस्कीले निरन्तर बालकहरूमाथि यौन दुव्र्यवहार गर्दै आएका रहेछन्।  उनलाई यस्ता प्रकृतिका ४८ वटा आरोप लागेका थिए। जसमध्ये ४५ आरोपमा उनलाई पेन्सिलभेनियाको अदालतले दोषी ठहर गर्‍यो। गत वषर् को नोभेम्बरमा उनलाई पक्राउ गरिएपछि पेन्सिलभेनियाको पेट स्टेट युनिभर्सिटीमा हंगामा मच्चिएको थियो। त्यही कारणले अध्यक्ष एवं प्रसिद्ध  फुटबल प्रशिक्षक जोन पर्टेनो पनि निलम्बित भए। उनीमाथि आफ्नै च्यारिटी संस्था सेकेन्ड माइलका बालकहरूसँग यौन अपराध गरेको  अभियोग छ।

सिंगापुरको यौनकाण्ड
सिंगापुरका व्यापारी, कर्मचारी तथा सुरक्षा निकायका अधिकारीहरूमाथि उमेर नपुगेकी एक बालिकासँग यौनसम्पर्क गरेको आरोपले ठूलै  हलचल मच्यायो। सिंगापुरमा वेश्यावृत्ति कानुनी भए पनि १८ वर्षभन्दा कम उमेरका बालिकासँगको यौनसम्पर्क अपराध मानिन्छ। एक प्राथमिक  विद्यालयका प्राध्यापकले आफूले उमेर नपुगेकी बालिकालाई यौन व्यवसायमा लगाएको स्वीकार गरेपछि, नौ साताको कारावास भोग्नुपर्‍यो।  यसैगरी सिंगापुरकै युबीएस बैंकमा काम गर्ने एक स्वीस नागरिक पनि यस्तै फन्दामा परे। चलचित्रसम्बन्धी व्यवसाय गर्ने 'श अर्गनाइजेसन'  का मालिक रुन्मे शका नाति होवार्ड श पनि कम उमेरका बालिकासँग यौन सम्पर्क गरेको आरोपमा थुनिए।

कन्डम काण्ड
घटना भारतको हो। एक श्रीमान्ले कन्डम प्रयोगका लागि श्रीमतीले दबाब दिएको भन्दै सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरे।  निवेदकको मागमा मुम्बई हाई कोर्टले फ्यामिली कोर्टको फैसला सदर गर्‍यो। यसअघि फ्यामिली कोर्टले पनि पारपाचुके माग्ने यो अनौठो  कारणलाई अस्वीकार गरेको थियो।

श्रीमतीले यौन सम्बन्धका क्रममा कन्डम प्रयोगका लागि दबाब दिने हुनाले आफू मानसिक तनावको सिकार भएको ती व्यक्तिले आफ्नो  निवेदनमा उल्लेख गरेका थिए। हनिमुनमा समेत श्रीमतीले बिनाकन्डम यौनसम्पर्क गर्न अस्वीकार गरेपछि ती ३० वर्षीय पुरुषले मुद्दा दायर  गरेका थिए। आर्थिक रूपले सबल नभएकाले श्रीमतीले गर्भधारण अस्वीकार गर्नुलाई आर्थिक स्थिरता तथा शिशुको भविष्यको हिसाबले जायज  भएको अदालतले जनायो।

मनु सिंघवीको सेक्स टेप
भारतका एक नेता आफ्नै सिनियर महिला वकिलसँगको सेक्स काण्डमा मुछिए। कांग्रेसका वरिष्ठ नेता अभिषेक मनु सिंघवीले आफ्नी  सिनियर महिला वकिलका साथ यौनसम्पर्क राखेको सेक्स टेप सोसल नेटवर्किङ साइटमा फैलिएको थियो। उक्त भिडियोलाई इन्टरनेटमा फै लाउन फेसबुकमा सिंघवी भिडियो नाममा छुट्टै पेजसमेत बनाइएको थियो। उनले यसलाई निजी जीवनको कुरा भनेर पन्छाए पनि यही सेक्स  टेपका कारण उनले कांग्रेस प्रवक्ताको पद गुमाउनुपर्‍यो।

चुम्बन गर्दा सात महिना जेल
उत्तरी ताइवानको एक सहरमा जबरजस्ती चुम्बन गरेको आरोपमा थाई पुरुषले ७ महिनाको जेल सजाय पाए। ताइवानको वान्सिआओ  जिल्लास्थित एक अदालतले ती पुरुषमाथि जबरजस्तीको अभियोग साबित गर्दै उक्त सजाय सुनाएको हो। ती पुरुषले गत फेबु्रअरीमा एक  ताइवानी महिलालाई न्यु ताइपेई सहरमा जबरजस्ती चुम्बन गरेका थिए। महिलाले प्रतिवाद गर्दा दुवै बाटोमा लडेका थिए। लडेपछि पनि थाई  पुरुषले युवतीको ओठ चुसेका थिए।

अनौठो तथ्य सार्वजनिक
बेलायतमा यौनसम्बन्धी एक अपत्यारिलो वास्तविकता सार्वजनिक भयो, जसमा १३ वर्षभन्दा कम उमेरका बालिकाले लामबद्ध भएर उभिएका  युवालाई यौन सन्तुष्टि दिन बाध्य भएको घटना उल्लेख थियो। सु बेरलोबिजले दुई वर्षसम्म निकै गोप्य ढंगले गरेको अनुसन्धानबाट उक्त  तथ्य पत्ता लागेको थियो। उनले आफ्नो उक्त गहन अनुसन्धान संसद्मा प्रस्तुत गरेका थिए

बलात्कारी नेता
चीनको कम्प्युनिस्ट पार्टीका एक पूर्व नेताले गरेको यौन दुव्र्यवहारको घटनाले सञ्चार माध्यममा सनसनी मच्यायो। प्रहरीले ती नेतालाई १०  जना नाबालिगलाई शारीरिक यातना दिँदै बलात्कार गरेको अभियोगमा पक्राउ गर्‍यो। हेनान प्रान्तको योङचेङ सहरमा कम्प्युनिस्ट पार्टीर्को उप -प्रमुख रहिसकेका नेता सिनगोङले आफ्नो बयानमा अपराध स्वीकार गरेका थिए।

सेक्स हड्ताल
हड्तालका सम्बन्धमा हामी अनभिज्ञ छैनौं। यद्यपि हामीले देखे-भोगेको भन्दा फरक किसिमको हड्तालको प्रसंग हो-यो, जसले यो वर्ष निकै  हलचल मच्यायो। पश्चिमी अफ्रिकी मुलुक नाइजेरियाको इम्बो समुदायका महिलाहरूले सेक्स हड्ताल गरे। उनीहरूले आफूविरुद्ध हुने  अत्याचारका विरुद्ध यस्तो अनौठो हड्ताल गरेका थिए। राष्ट्रपति फाउरे ग्नासिंग वेको राजीनामा, सरकारविरुद्धको प्रदर्शनमा पक्राउ परेकाहरू को रिहाइ तथा  निर्वाचन प्रणालीको सुधारको माग यसमा समावेश गरिएको थियो। यौन संसर्ग नगर्दा राष्ट्रपतिविरुद्धको आन्दोलनमा  श्रीमान्हरूको ध्यान केन्द्रित हुने आशयले उक्त आन्दोलन छेडिएको थियो। 'सेक्स वाइकट' भनिने शान्तिपूर्ण प्रदर्शनमा लक्ष्य पूरा नभएसम्म  जोडीहरूलाई यौन सम्बन्ध नराख्न आग्रह गरिएको थियो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out