कलेज पोसाकमै यौनजन्य गतिविधि गर्नेमाथि कारबाही हुने

भक्तपुर, पुस २५- सार्वजनिकस्थलमा विद्यार्थीहरुले स्कुल तथा कलेजबाट भागेर स्कुल तथा कलेज पोसाकमा जिल्लाका सार्वजनिक स्थानमा बसेर अश्लिल एवं यौनजन्य क्रियाकलाप गरेको पाइएमा प्रहरीले पक्राउ गरी कारबाही गर्ने भएको छ।
भक्तपुरका सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदालगायत सार्वजनिक क्षेत्रमा कलेज पोसाक मै बसेर यौनजन्य गतिविधि गर्ने छात्रछात्रा बढेपछि स्थानीय कै आग्रहमा प्रहरीले यस्ता गतिविधि नियन्त्रण अभियान सुरु गरेको हो।
महानगरीय प्रहरी परिसर भत्कपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुष्कर केसीले बिहान कलेजको समयमा कलेज पोसाकमा विद्यार्थी सार्वजनिकस्थलमा जोडीका रूपमा भेटिए र यौनजन्य गतिविधि गरेको पाइएमा तुरुन्त पक्राउ गरी कारबाही गर्ने बताए।
उनले भने, "घरबाट विद्यालय तथा कलेज जाने भनेर पोसाक लगाएर हिँड्ने तर सार्वजनिकस्थल बसेर अश्लिलता फैलाउनेलाई नियन्त्रमा लिइन्छ र कारबाही गरिन्छ, यो अभियान जिल्लाभरी सुरु गरिएको छ।"
भत्कपुरका सार्वजनिकस्थलमा मात्र नभई विद्यालय, कलेजको समयमा विद्यार्थीहरु यदि पोसाकमै सिनेमा हल, होटल, गेस्ट हाउस तथा रेस्टुरामा भेटिए प्रहरीले नियन्त्रणमा लिने जनाएको छ।
भत्कपुरको ऐतिहासिक सिद्धपोखरीमा विद्यार्थी कलेज पोसाकमा बिहानै जोडीमा आउने र समाजलाई अपच हुने खालका यौनजन्य क्रियाकलाप हुने हुँदा स्थानीय बासिन्दालाई समेत असर पर्ने गरेको स्थानीय लक्ष्मी कोजुले बताए।
कलेजको पोसाकमा विद्यार्थी सार्वजनिकस्थलमा भेटिए पक्राउ गरी भविष्यमा यस्तो गतिविधि नगर्न सचेत गराई सुरुमा अभिभावक बोलाएर छोड्ने र पटकपटक फेला परेमा सार्वजनिक ऐनअन्तर्गत कारबाही गरिने प्रवक्ता केसी बताए।
भत्कपुरमा यस्ता गतिविधि हुने स्थानहरुमा सिद्धीपोखरी, कमलपोखरी, च्यामासिंहको ब्रम्हायनी मन्दिर परिसर, सूर्यविनायक गणेश मन्दिर परिसर, दरबार स्क्वायर क्षेत्र, चाँगुनारायण मन्दिर परिसर, कमलबिनायकको टाउन प्लानिङ र सल्लाघारीको च्वङ्गा गणेश क्षेत्र पर्छन्। रासस

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out