छोरीलाई यौन दुर्व्यवहार गर्ने पक्राउ

काँकडभिट्टा, पुस ४ - १४ बर्षीया छोरीलाई बारम्बार यौन दुर्व्यवहार गर्दै आएका बावुलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको सुरुंगा १ प्रजापति टोलका ४१ बर्षीय बुवालाई प्रहरीले दुई दिनअघि घरबाटै पक्राउ गरी कानुनी कारबाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनायो । जिल्ला प्रहरीका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले एक स्थानीय बासिन्दाको सूचनाका आधारमा बाबुलाई पक्राउ गरिएको जानकारी दिए ।
'छोरीलाई यौन दुर्व्यवहार गर्ने गरेको कुरा सिंगो गाउँमा हल्ला रहेछ,' बस्नेतले भने, 'यसबाट हुन सक्ने सम्भावित दुर्घटना नहोस् भनेर पीडकलाई ल्याइएको हो ।' जिल्ला प्रहरी कार्यालयका अनुसार पीडकलाई जबर्जस्ती तथा हाड नाता करणीअन्तर्गत मुद्दा दर्ता गरिएको छ । स्थानीयवासीका अनुसार शर्माले मादक पदार्थ सेवन गरेर पत्नी तथा छोरा छोरीलाई दिनहुँ जसो कुटपिटसमेत गर्ने गरेका थिए ।
जिल्ला कारागार झापामा हाल हाडनाता यौन दुर्व्यवहारका घटनामा संलग्न १९ अभियुक्त कैद भुक्तान गरिरहेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out