सेक्स सर्भे : जसले यो वर्ष २०१२ मा चर्चा कमाए

विश्वमा दिनदिनै विभिन्न विषयमा अध्ययन अनुसन्धान भइरहन्छन् । केही अध्ययन तथा सर्भेक्षण भने निकै रोचक, घोचक र ज्ञानबर्धक हुन्छन् ।

केही भने फगत मनोरञ्जनका लागि मात्र कामयावी हुन्छन् । यो वर्ष सन् २०१२ विभिन्न कारणले चर्चा रह्यो । यहीँ चर्चाको बीचमा यो वर्ष केही त्यस्ता सेक्स सम्बन्धीका अध्ययन भए जसले झनै चर्चा थपिदियो । यो वर्ष चर्चा कमाएका सेक्स निम्न छन् :

फ्रान्समा भएको एक अध्ययनले कसिला अन्तरवस्त्र लगाउने पुरुषहरु नपुंशक बन्ने खतरा रहेको देखाएको छ । २६ हजार मानिसमा गरिएको अध्ययन अनुसार कसिला पेन्टी लगाउने पुरुषमा शुक्राणुको गुणस्तर घट्छ जसले नपुंशकताको खतरा बढाउँछ ।

भारतमा गरिएको एक अध्ययनले किशोरावस्थामै सेक्सको स्वाद लिने मामिलामा केटा भन्दा केटी धेरै अघि रहेको देखाएको छ । मेट्रो तथा मझौला सहरहरुमा गरिएको अध्ययनले सहरिया केटीहरुमा शर्म भन्ने कुरा लगभग सकिइसकेको छ । विवाह सम्म कुमारी रहने केटीहरुको अनुपात कुमार केटाहरुको तुलनामा निकै कम रहेको अध्ययनले देखायो ।

अस्ट्रेलियामा गरिएको एक अर्को अध्ययनले साइज नमिल्ने तथा बढी कसिलो ब्रा लगाउँदा महिलाहरुमा स्वासप्रस्वासको समस्या मात्र होइन पिठ्यूँ दुख्ने, अपच तथा स्तन क्यान्सरको समस्या समेत उत्पन्न हुन्छ ।

अमेरिकामा गरिएको अध्ययनले समलिंगी विवाहको समर्थन गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । सन् २००८ मा ३९ प्रतिशतले यस्तो विवाहको समर्थन गर्ने गरेकोमा अहिले त्यो संख्या ४९ प्रतिशत पुगेको छ ।

बेलायतमा गरिएको एक अध्ययन अनुसार सुत्ने कोठामा बैजनी रंगका सामान प्रयोग गर्ने मानिसहरु बढि कामुक हुन्छन् । बेडरुममा बैजनी रंगका कपडा तथा भित्तामा समेत बैजनी रंग लगाउने जोडीले हप्तामा औषतमा ३ देखि ५ पटकसम्म सम्भोग गर्छन् भने खैरो रंग पोत्नेहरुले औषतमा हप्तामा जम्मा २ पटक मात्र सम्भोग गर्छन् ।

अमेरिकामा गरिएको अर्को अध्ययनले ३४ प्रतिशत पुरुषले आफ्नो पार्टनरलाई जिवनमा एक भन्दा धेरै पटक धोका दिएका छन् । साथै यस अध्ययनले ३४ प्रतिशत अमेरिकी पुरुषले सेक्सका बेला कण्डम प्रयोग गर्न नचाहने समेत देखाएको छ ।

नेदरल्याण्डमा गरिएको अध्ययन अनुसार सेक्सले मानिसलाई बढि बुद्धिमान बनाउँछ । सेक्सका दौरान निस्कने हर्मोनले मानसिक दक्षता बढाउँछ जसबाट मानिसले चुनौतिपूर्ण काम गर्न सक्षम हुन्छ ।

फ्रान्समा गरिएको अध्ययनले त्यहाँका पुरुषमा शुक्रकिटको स्तरमा उच्च रुपले गिरावट हुँदै गएको छ । फ्रान्सेली पुरुषको विर्यमा शुक्रकिटको संख्या तिब्र दरले घटेको अध्ययनको निष्कर्ष छ ।

न्यूजिल्याण्डमा गरिएको एक अध्ययन अनुसार पुरुषको पहिलो रोजाइ सेक्स हो भने दोश्रो रक्सी हो ।

अमेरिकामा गरिएको अर्को अध्ययनले पोर्नस्टार महिलाहरुको पारिवारिक जिवन निकै सम्मानित हुन्छ । उनीहरुमा कुनै मानसिक हिनताबोध तथा लज्जाबोध हुँदैन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out